दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना

बेनी ,बुधबार चैत २६ गते ।
म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य सहायता कक्ष स्थापना गरेको समाजसेवी केबी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई गाउँपालिकाका अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्ष ,समाजसेवी ,प्रहरी र स्वास्थ्यकर्मीको उपस्थितीमा सो कक्षको स्थापना गरिएको हो । दुई गाउँपालिका प्रवेश गर्दा चालक ,सहचालक र यात्रुहरुलाई ईन्फारेट थर्मोमिटर गनलगायतबाट ज्वरो तथा अन्य रोगको परिक्षण गर्ने व्यवस्था मिलाइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को जोखिम रोकथाम तथा गाउँपालिकामा भित्रन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । गाउँपालिका प्रवेशद्धारा मध्य दुईमा बुधबार स्थापना गरिएको र झिँको प्रवेशद्धारमा विहिबार स्थापना गरिने रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

अन्नपुर्ण गाउँपालिकाको मुख्य प्रवेशद्धार टिप्ल्याङ्गमा रघुगंगा गाउँपालिकाको सहकार्यमा संयुक्त रुपमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बताउनुभयो । उहाँले टिप्ल्याङ्ग अन्नपुर्ण गाउँपालिका संगै मुस्ताङ्ग जिल्ला समेतको प्रवेशद्धार भएकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहायता कक्षले सहयोग पुग्ने अध्यक्ष क्याप्टेन गर्बुजा पुनले विश्वास व्यक्त गर्नुभयो ।

दुई गाउँपालिकाका अध्यक्षद्धय भण्डारी र गर्बुजा पुन ,अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी ,रघुगंगा गाउँपालिका–८ का अध्यक्ष गमान छन्त्याल ,वडा नं १ का अध्यक्ष बिल बहादुर फगामी ,समाजसेवी भण्डारी ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार