रुकमाङ्गद कटवालको ट्रष्टले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं ,सोमबार बैशाख २२ गते । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले राष्ट्रिय आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो ।

विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्थापन, राष्ट्र, राष्ट्रियता र अन्य सामाजिक कार्यहरू गर्दै आइरहेको रुकमाङ्गद कटवाल ट्रष्टले देशको सर्वाङ्गिण विकासका लागि कठिन परिस्थितिका बाबजुद दिन रात खटिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएको जनाएको छ ।

आविस्कार केन्द्रले हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पीपीईलगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै ट्रष्टका अध्यक्ष पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालले धन्यवाद दिए ।

हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका असहाय, अपाङ्ग तथा सिमान्तकृत वर्गका ५३ जना विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको ट्रष्टका सचिव जगतबहादुर कटवालले बताए । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार