थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं,शुक्रबार बैशाख १९ गते । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जना कोरोना संक्रमित भेटिएका हुन्।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।दुवैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन् । नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार