सांसदद्धय श्रेष्ठ र बस्नेत तथा खनालद्धारा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं,सोमबार बैशाख २२ गते । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् ।महोत्तरीस्थित घरमै रहेका डा। यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए । अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार