नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा,घर बाहिर निस्कन नपाइने

नेपालगन्ज ,सोमबार बैशाख २२ गते । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालगन्जमा सोमबार बसेको सर्बदलिय र सर्बपक्षिय बैठकले मंगलबार बिहान ११ बजेदेखी लागु हुने गरी यही बैशाख २५ गते मध्यरातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रमणलाई न्युनिकरण गर्न संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परिक्षणलाई प्रभावकारी बनाउन उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

निषेधित क्षेत्र घोषणा अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कन्ट्रयाक्ट ट्रेसिङसहित स्वाब संकलन कार्यमा खटिने जनशक्ति बाहेक अन्य कोही पनि घर बाहिर निस्कन नपाउने उनले बताए । सबै संक्रमितको ब्यापक रुपमा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र ट्रेसिङबाट पहिचान गरिएका सम्भावित ब्यक्तिको स्वाब परिक्षण गर्ने निर्णय गरिएको छ । पोजिटिभ९संक्रमण०देखिएका ब्यक्तिहरुलाई सुरक्षित रुपमा तत्काल आइसोलेसन अस्पताल लैजाने र रिपोर्ट नेगेटिभ आएका ब्यक्तिलाई सुरक्षाको उच्च निगरानीसहित होम क्वारेन्टाइनमा राख्ने बैठकले निर्णय गरेको छ ।

आफ्नो क्षेत्र सुरक्षित पार्ने बहानामा कुनैपनि किसिमले बाटो छेक्ने, राजमार्ग रोक्ने कार्य कोही कसैले पनि गर्न नपाउने र त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको प्रजिअ खड्काले बताए । विभिन्न सामाजिक सञ्जाल र मिडियामा तथ्यहिन, भ्रमपुर्ण र सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने खालको सामाग्री प्रकाशन, प्रशारण र पोष्ट गर्ने ब्यक्तिलाई पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउने पनि सर्बदलिय तथा सर्बपक्षिय बैठकले निर्णय गरेको छ ।

नेपालगन्जमा अहिलेसम्म १६ जना संक्रमित फेला परिसकेका छन् । यसअघि संकलन गरिएको स्वाबको पिसिआर रिपोर्ट सोमबार भने नआएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । ‘आज कुनैपनि रिपोर्ट आएन,’ उनले भने ।नागरिक न्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार