थप १३ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं,सोमबार बैशाख २९ गते । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ ।

त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी बर्दिया राजपुर–५ निवासी ११ वर्षीय महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस संगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय ३४ पुगेको छ । संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार