६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं,शनिबार जेठ ०३ गते  । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। 

बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार