थप तीन जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौ ,शनिबार जेठ ०३ गते ।
कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।  मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार