नेपालमा थप १० जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा रौतहत इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ३० र ३३ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार