थप ३६ जनामा कोरोना पुष्टि ,नेपालमा सं‌क्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं ,शनिबार जेठ १० गते । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । ४० जिल्लामा फैलिएको कोरोना संक्रमित मध्य ५०५ जना पुरुष र ७९ जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार