थप १९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं ,आइतबार जेठ ११ गते । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, May 24, 2020

रुपन्देहीको समरिमाई(५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरूमध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार