कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

बेनी ,विहिबार जेठ १५ गते ।
विहिबार कोरोना भाइरस संक्रमण देखिएका ३० बर्षिय युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत जेठ ९ गते सुनौली नाकाबाट उद्धार गरी ल्याइएका जिल्लाको मालिका गाउँपालिका–४ का ती युवामा कोरोना संक्रमण देखिएपछि बेनी,खुल्ला मन्च स्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा राखिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । उद्धार गरि ल्याइएका ती कोरोना संक्रमित बेनी स्थित न्यु वेष्टप्वाइन्टको क्वारेन्टाइनमा बसेका थिए ।

आइसोलेसन वार्डमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । शैक्षिक तालिम केन्द्र को भवन प्रयोग गरेर २० बेड क्षमताको आईसोलेशन वार्ड बनाईएको छ ।बुधवार १४ जनाको स्वाव संकलन गण्डकी प्रदेशले स्थापना गरेको प्रयोगशालामा परिक्षणका लागि पठाईएको थियोे । विहिवार थप २९ जनाको स्वाव संकलन गरि पठाईएको छ ।

गण्डकीमा कोरोना संक्रमितको संख्या १७ पुग्यो

म्याग्दीमा एक जनामा कोरोना संक्रमित भेटिए संगै गण्डकी प्रदेशमा कारोका संक्रमितको संख्या १७ पुगेको छ । एक जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । बिहीबार साँझ गण्डकी प्रदेश सामाजिकक मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार