नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ७ पुग्यो

सुर्खेत ,शनिबार जेठ १७ गते ।
नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएसँगै मृतकको संख्या ७ पुगेको हो ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ । उनले रिपोर्ट पोजेटिभ आएसँगै शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका बताए ।

उनी ७९ जना साथीसहित भारतको गुजरातबाट गाउँ फर्किएका थिए । रिपोर्ट पोजिटिभ आएसँगै उक्त क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिहरु भने त्रसित भएका छन् ।नेपाल टाईम्सबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार