![](https://myagdinews.com/wp-content/uploads/2020/05/DSC_8838.jpg)
बेनी ,आइतबार जेठ १८ गते ।
नेपाली सेनाले वश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास गरेको छ । कोरोना महामारी फैलिएपछि मर्नेको अनगिन्ती संख्या बढ्न सकिने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन महामारी फैलिने र नियन्त्रण गर्न ठूलो चुनौतीको सामना गर्नुपर्ने भएको हुँदा यस्तो अवस्था आउन नदिने नेपाली सेनाले यसको पूर्व तयारी आइतबार बेनीमा प्रदर्शन गरेको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/DSC_8838.jpg)
कोरोना महामारी तथा बढ्दो संक्रमित संख्यालाई मध्यनजर गर्दै विषम परिस्थितिमा मृतकको संख्या बृद्धि भई भयावह स्थिति सृजना भएमा शबको व्यवस्थापन कसरी गर्ने विषयवस्तुमा केन्द्रित भएर नेपाली सेना श्रीबक्स गुल्म अर्थुङ्गे, म्याग्दी र बागलुङ्ग स्थित नं. २३ बाहिनी अड्डाको संयुक्त आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा कोरोना पुर्व तयारी प्रस्तुत गरिएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/DSC_8840.jpg)
खुल्ला मञ्चमा गरिएको सो प्रस्तुतीमा पेइसेन्ट रिसिभिङ्ग टीम(पीआरटी)ले शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको शरीर व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई डिसइन्फेक्ट गर्ने, यस कार्यमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा केन्द्रित रहेको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/DSC_8830.jpg)
संभावित संक्रमित र संक्रमणबाट मृत्यु भएको व्यक्तिको तथ्याकं, मुचुलका, परिवारको सहमति, परिवारको सदस्यलाई शान्तवना, दाहसंस्कार गर्नु अघि शब उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी, मृतक बसेको स्थान(घर)को डिसइन्फेक्ट लगायतको कुरा समेटिएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/DSC_8828.jpg)
शव व्यवस्थापनमा खटिएका नेपाली सेनाले व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि पीपीई प्रयोग गरिएको थियो । वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने कारबाहीमा एकरुपता ल्याउन मद्दत पुग्ने उद्देश्यले प्रस्तुती गरिएको सेनानी सुरेश देवकोटाले जानकारी दिनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/DSC_8826.jpg)
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल , स्वास्थ्य कार्यालय ,म्याग्दीका प्रमुख एक नारायाण लम्साल , जिल्ला प्रहरी कार्यालय प्रमुख ,शसस्त्र प्रहरी प्रमुख ,बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य ,म्याग्दी जेसिजका अध्यक्ष सुजन बरुवाल लगायतको उपस्थिती रहेको थियो । यसैगरी सोही अवसरमा नेपाली सेनाले आगलागि नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी पुर्व अभ्यास प्रदर्शन गरेको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/DSC_8824.jpg)