स्याङजा र पर्वतमा ५–५ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ३७ पुग्यो

कास्की ,मंगलबार जेठ २० गते । मंगलबार स्याङजा र पर्वतमा गरी १० जनामा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लामा थप ५ जनामा र पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पर्वतमा कोरोना देखिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका २२, २६, ३२ तथा ४० बर्षीय ४ जना पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी पर्वत फलेबास नगरपालिका घर भइ कुश्मा नगरपालिका नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ४० बर्षीय २ जना पुरुष तथा सोहि क्वारेन्टिनमा रहेका महाशिला गाउँपालिकाका १९, २० र २१ का ३ जना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो। यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार