पौडी खेल्ने क्रममा नदिले बगाउँदा क्वारेन्टाइनमा बसेका १९ बर्षिय युवा बेपत्ता

बेनी,मंगलबार जेठ २० गते ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्वारेन्टाइनमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापालाई खोलालले बगाएको छ ।


क्वारेन्टाइन नजिकै रहेको म्याग्दी नदिमा म‌ंगलबार दिउँसाे साथीहरुसंग पौडी खेल्न गएका थापालाई नदिले बगाएको इलाका प्रहरी कार्यालय दरबाङ्गका सई बलराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर सहित सई पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासीको टोलीले बेपत्ता युवाको खोजतलास गरिरहेको छ ।

भारतबाट आएका युवाहरुमध्ये मालिकाका १७ र उनको पीसीआर रिपोर्ट नेगेटीभ आएपछि उनिहरुलाई बेनीको क्वारेनटाइनबाट तीन अघि मात्र मालिका गाउँपालिका–६ दरबाङ्ग, छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा रहेको क्वारेनटाइनमा सारिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार