थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं ,विहिबार जेठ २२ गते ।
विहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या २६३४ जना पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल संक्रमित मध्ये २४५० पुरुष र १८४ जना महिला रहेका छन् । हालसम्म नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार