बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ११३ पुग्यो

पोखरा ,आइतबार जेठ २५ गते । बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी बर्दघाट सुस्ता पूर्व गरी ३८ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना कोरोना संक्रमित थपिएका हुन् । आइतबार विहान ३८ जना थपिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार