स्याङजाका कोरोना संक्रमितको मृत्यु

पोखरा ,सोमबार जेठ २६ गते । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गर्नुभयो ।

आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सोमबार बिहान विज्ञप्ती निकालेर निर्देशनालयले कोरोना संक्रमित पुरुषको मृत्यु भएको जनाएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा आइतबार कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार