विभिन्न टोल–टोलमा स्वास्थ्यकर्मी

सुरेश छन्त्याल
गलकोट,मंगलबार जेठ २७ गते ।
विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले विश्व नै आक्रान्त भएको अवस्थामा गलकोट नगरपालिका १० पाण्डबखानीमा पायक पर्ने विभिन्न टोल–टोलमा स्वास्थकर्मीको टोलि पुगी अन्तरक्रिया कार्यक्रम भैरहेको छ ।

गलकोट नगरपालिकाको आयोजना र पाण्डबखानी स्वास्थ चौकीको समन्वयमा भइरहेको कार्यक्रम मध्य हिजो ३ टोलका समुदाय र आज ४ टोलका समुदाय बिच अन्तरक्रिया गरिएको स्वास्थ चौकीकी इन्र्चाज रत्ना सुनारले जानकारी गराउनुभयो ।

कार्यक्रममा कोरोना भाइरस भनेको के हो, कसरी सर्छ, यसको लक्षण के हो, र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा समुदाय विच स्वास्थ चौकीकी अनमी झरना सुनार, मनिसा श्रीस थापाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ति, धनबहादुर सुनार, राधिका पुन, पत्रकार सुरेश छन्त्यालको विशेष सहभागिता रहेको थियो, भने समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिलक घर्ति मगरले यस कार्यक्रममा स्वास्थकर्मीहरुले भनेका र सिकाइएका कुराहरु हामीले पालना गयांै भने हामी र हाम्रो घरपरिवार, समुदमय र समाज कोरोना भाइरसबाट बच्न र बचाउन सफल हुने छौं, भन्दै सिकाइएका कुराहरु व्यवहारमा लिन सबैलाई आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रम भोलि रमुवा र २९ गते काफ्रेमा हुने जानकारी प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार