नेपालमा थप २५० जनामा संक्रमण पुष्टि

काठमाडौ ,बिहिवार जेठ २९ गते ।
नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार बिहिवार थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४६१४ पुगेको छ । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन  । मन्त्रालयको अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार