थप एक जनामा डेङ्गु संक्रमण

बेनी ,शुक्रबार जेठ ३० गते ।
म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ का ४९ बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अस्पताल आएका ती विरामीमा चेक गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । डेङ्गु संक्रमित पुरुषमा अधिक ज्वरो आउने ,शरिर दुख्ने लगायत विभिन्न लक्षण देखिएको थियो ।


यो संगै डेङ्गु संक्रमितको संख्या १४ पुगेको सुचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । यस अघि बेनी नगरपालिकामा ३ महिला र ४ पुरुष गरि ७ ,मंगला गाउँपालिकामा २ पुरुष र २ महिला गरी ४ तथा अन्नपुर्णमा १ जना महिलामा डेङ्गु पोजेटिभ देखिएको थियो भने पर्वत जलजला गाउँपालिका–४ की ७८ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. अमृत अधिकारीले बताउनुभयो । उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् ।

टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने निमित्त मेसु डा.अधिकारीको अनुरोध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार