थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं,सोमबार असार ०१ गते । नेपालमा थप ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार