मालिका गाउँपालिकाको बजेट ४१ करोड ५४ लाख

बेनी ,बुधबार असार १० गते ।
म्याग्दीको मालिका गाउँपालिकाले साढे ४१ रुपैयाँ बढीको बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा बसेको सातौं गाउँसभाले आगमी आर्थिक बर्ष २०७७÷०७८ का ४१ करोड ५४ लाख १० हजार ९४९ रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जानकारी दिनुभयो ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको बजेट गाउँसभाले पारित गरेको हो । कुल बजेटको ५ करोड ५० लाख रुपैयाँ चालुतर्फ र १३ करोड ६५ लाख ५ हजार रुपैयाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ । संघिय सरकारबाट प्राप्त हुने शसर्त अनुदान तर्फ १६ करोड तीन लाख ,वित्तिय समानिकरण अनुदान संघिय सरकार ८ करोड ५९ लाख ,संघिय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाड ७ करोड ८ लाख ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लाख ६३ हजार ,प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ २५ लाख ५९ हजार ,आन्तरिक राजश्व बाँडफाँड ५० लाख रुपैयाँ रहेको छ । यसैगरी गाउँपालिकाको अनुमानित मौज्दात १ करोड ५० लाख रुपैयाँ रहेको छ ।

गाउँपालिकाले अािर्थक विकासलाई जोड दिएको उपाध्यक्ष विटालुले बताउनुभयो । गाउँपालिकाको बजेटमा कोरोना नियन्त्रण र रोकथाम ,गौरबका आयोजना लगायतका पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रलाई प्राथमिकताका साथ समावेश गरिएको छ । साथै नमुना मालिका गाउँपालिका निर्माण अभियानलाई निरन्तरता दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले आगमी आर्थिक बर्षको बजेट तथा कार्यक्रमलाई प्रभाबकारी कार्यान्वयनको लागि सुरुवातदेखि नै जुट्न सबैलाई आह््वान गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष रोका मगरको अध्यक्षतामा सम्पन्न सभालाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । सभामा गाउँसभाका सदस्यहरुले बजेट तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सुरुवातदेखी जुट्नुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार