पौडेलद्वारा एक महिनाको घर भाडा छुट

अमित बिश्वकर्मा
बेनी ,सोमबार असार १५ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका डिल्लीराज पौडेलले जेठ महिनाको घरभाडा छुट गर्नु भएको छ । पौडेलले आफ्नो मंगलघाटमा रहेको घरबाट जेठ महिनामा प्राप्त हुने रु पन्ध्र हजार घरभाडा छुट गर्नु भएको हो ।

बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नका लागि नेपाल सरकारले गत चैत ११ गते देखि जेठ ३२ गते सम्म लागु गरेको लकडाउनका कारण भाडामा बस्दै आएका ब्यबसायी, दैनिक ज्यालामजदुरी गर्ने परिवार र बिद्यार्थीलाइ समस्या परेको थियो । कोराना भाइरसका कारण भाडामा बस्ने परिवारलाइ परेको आर्थिक संकटलाइ मध्यनजर गर्दै एक महिनाको घरभाडा मिनाह गरेको युनिक बचत तथा ऋण सहकारी संस्था बेनीका प्रबन्धक समेत रहनु भएका घरधनी पौडेलले बताउनुभयो ।

नेपाल सरकारले पनि यस बिषम परिस्थितीमा गत चैत महिनाको घरभाडा छुट गर्न सम्पुर्ण घरधनीहरुलाइ अनुरोध गरेको थियो । ‘बुवा कुलपति जैसीको सल्लाह अनुसार हाम्रो घरमा भाडामा बसी दैनिक ज्यालामजदुरी गर्ने, बालबच्चा पढाउन बस्नुभएका अभिभाबक र बिद्यार्थी समेत गरि सबैको जेठ महिनाको भाडा छुट गर्ने निर्णय गरेँ,’ पौडेलले भन्नुभयो, ‘मैले जेठ महिनाको भाडा छुट गरेँ र छिमेकका अरु घनधनीहरुलाइ पनि छुट गरिदिन अनुरोध गरेको छु ।’ घरबेटीले एक महिनाको भाडा छुट गरिदिएपछि आफुलाइ राहत महशुस भएको मालीका गाउँपालीका– ५ देबिस्थान घर भइ हाल पौडेलको घरमा बसी बेनीमा उच्चशिक्षा अध्यन गर्दै आउनुभएकी उमा पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार