नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार नेपालमा कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार