म्याग्दी नदीमा आएको बाढीले प्रहरी विटमा क्षती ,उच्च जोखिममा रहेका ६ घरलाई सुरक्षित स्थानमा सारियो

अमित विश्वकर्मा

बेनी ,शुक्रबार असार २६ गते ।
गयरातीदेखी अविरल बर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–७ ,मंगलाघाट स्थित प्रहरी विटको भवनमा क्षती पु¥याएको छ । नदी किनारमा रहेको उक्त कार्यालयलाई नदिले कटान गरी आधा भाग बगाएको छ ।

म्याग्दी नदीको कटानले उच्च जोखिममा रहेका मंगलाघाटका ६ वटा घरलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक घरका परिवारलाई मंगला आमा समुहको भवनमा र बाँकी पाँच घरका परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको छ । भने प्रहरी विटको कार्यालय जिल्ला प्रहरीको कार्यालयमा सारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार