बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट

बेनी ,मंगलबार असार २३ गते ।
म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी खत्रीले आफ्नो घरबाट कार्यालय संचालन गर्दै आएको सो संस्थालाई असार महिनाको घरभाडा छुट गर्नुभएको हो ।

खत्री दम्पतिले असार महिनाको एघार हजार रुपैयाँ घरभाडा छुट गर्नुभएको शाखा प्रमुख टिकाराम रिजालले जानकारी दिनुभयो । उन्नती लघुवित्त वित्तिय संस्थाले यसअघि मालिका र मंगला गाउँपालिकाको कोरोना कोषमा २५ र २५ हजार रुपैयाँका दरले सहयोग गरेको थियो ।

नेपाल सरकारले कोरोना महामारीको बिषम परिस्थितीमा एक महिनाको घरभाडा छुट गर्न सम्पुर्ण घरधनीहरुलाइ अनुरोध गरेको थियो ।बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नका लागि नेपाल सरकारले लागु गरेको लकडाउनका कारण भाडामा बस्दै आएका ब्यबसायी, दैनिक ज्यालामजदुरी गर्ने परिवार र बिद्यार्थी समस्या परेका छन् । पछिल्लो समय म्याग्दिमा घरभाडा छुट गर्ने क्रम बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार