म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुग्यो,३० जना अझै बेपत्ता

अमित विश्वकर्मा
बेनी ,शुक्रबार असार २६ गते ।

बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।
धवलागिरी गाउँपालिका– ६ मराङ्गमा २०, मालिका गाउँपालिका–७ बिममा ९ र मालिकाको वडा ६ स्थित दुखु खोलाले बगाएर १ जना महिला गरि ३० जना बेपत्ता भएका हुन् । मराङ्गमा बेपत्ता २१ मध्य एक जनाको शव भेटिएको तर सनाखत भइनसकेको गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगरले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडाखानिमा अन्दाजी ३६ बर्षिय ललितमान छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । यसैगरी बाढी र पहिरो प्रभावित क्षेत्रमा स्थल पुगेको नेपाली सेनाको हेलिकप्टर पनि मौसम खराबीका कारण अवतरण गर्न नसकी फर्किएको प्रनाउ कुँवरले बताउनुभयो ।


शुक्रवार बिहानै देखि घटना स्थलमा पुगेको प्रहरी, जनप्रतिनिधि र स्थानियहरुले मराङबाट ८० जनालाइ उद्दार गरि सुरक्षित स्थानमा राखेका छन् । मराङमै ७ जना गम्भीर घाइते भएका छन् तर उनिहरुलाइ उद्दार गरि अस्पताल पु¥याउन सकिने अवस्था नरहेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

गाउँलाई चारैतिरबाट पहिरोले घेरेको हुँनाले उद्दारमा समस्या भइरहेको उहाँको भनाइ छ । यता मालिका गाउँपालिका –७ बिममा उद्दारका लागि हिडेको सेना,प्रहरी र जनप्रतिनिधिको टोली विभिन्न ठाउँ –ठाउँमा गएको पहिरोका कारण घटनास्थल पुग्न नसकी बिच बाटोबाटै फर्किएको छ । पहिरो प्रभावित क्षेत्र दुले र बन्सारका करिब ६० जना ओखलढुंगाको खुल्ला ठाउँमा बसेका छन, उनिहरुको उद्दार आज गर्न नसकिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

दुखु खोलाले श्रीमतिलाइ बगाए पछि बचाउन खोज्दा गम्भीर घाइते बनेका मालिका –६ दुखु बेसिका बालसिङ रोकालाइ प्रभु एयरको हेलिकप्टरबाट उपचारका लागि शुक्रबार दिउँसो काठमाडौँ पठाइएको छ । पहिरोको उच्च जोखिममा रहेका मालिका –६ स्वाँटा र वडा नं ५ रानिबासका ११ घर परिवारलाइ उद्दार गरि जनप्रीय माबिमा राखिएको उपाध्यक्ष बिटालुले बताउनु भयो । शनिबार बिहानै देखि आवश्यक बैकल्पिक उपायहरु समेत अपनाएर घटनास्थल पुग्ने र उद्दारमा खटिने डिएसपी कुँवरले बताउनुभएको छ ।

गयराती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न ग्रामिण बस्तीहरुमा गएको बाढी र पहिरोबाट भएको क्षतीको विस्तृत विवरण आइनसके पनि करौडौंको क्षती भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार