म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो

बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो ।

file photo

वृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष पछि दूध उत्पादक कृषकहरु सङ्ग समन्वय गरि मूल्य वृद्धि गरिएको समितिका अध्यक्ष कोषानन्द आचार्यले बताउनुभयो । यस अघि कृषक बाट प्रती लिटर ६७ रुपैयाँमा दूध खरिद गरि डेरि बाट ८० रुपैयाँमा बिक्री हुँदै आएको थियो । दहिको मूल्य प्रती लिटर १०० रुपैयाँ थियो ।

हाल कृषकले लिएको दुधबाट दहि जमाउन गार्हो भएकोले कृषकबाटै बढी मुल्यमा गुणस्तरको दूध खरिद गर्नु पर्दा बिक्री मूल्य बढाउनु परेको अध्यक्ष आचार्यले बताउनुभयो । कृषकले लिएको दुधमा पानीको मूल्य जति छ सोही अनुसारको मूल्य निर्धारण गर्ने ब्यबस्था गरिएको छ ।

‘कृषकले २५ ल्याक्टोमिटर दूध अनिवार्य लिनुपर्ने र सो भन्दा कम गुणस्तरको दूध डेरिमा नराख्ने निर्णय गरेका छौँ,’–अध्यक्ष आचार्यले भन्नूभयो ,‘बरँजा, सिङ्गा, तातोपानी, बाबियाचौर लगाएतका ठाउँबाट धेरै मात्रामा दूध ल्याउने कृषकहरुलाइ मूल्य वृद्धिले प्रत्यक्ष फाइदा पुगेको छ ।’

२७ ल्याक्टो दुधलाइ ८१ रुपैयाँमा खरिद गर्ने र १०० रुपैयाँमा बिक्री गर्न बेनिमा संचालित सबै डेरिलाइ समितिले अनुरोध गरेको छ । दुधको खरिद मूल्य बढे संगै चियाको मूल्य पनि बढेको छ । अब डेरिमा चिया पिउदा प्रती कप २५ रुपैयाँ तिर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार