![](https://myagdinews.com/wp-content/uploads/2020/07/barman-buda-2077.jpg)
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता बर्मन बुढा मगरको बुधबार बिहान निधन भएको छ । नेता बुढामगरको आजै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/barman-buda-2077.jpg)
९० वर्षीय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । पूर्वसांसद् समेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/barman-antesti-1.jpg)
अन्तिम श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा ‘कञ्चन’, गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराई, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीमगर, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुन ‘अनन्त’लगायतका नेताहरू बुढामगरको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/barman-antesti-5.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/07/barman-antesti-4.jpg)
सो अवसरमा नेपाल मगर संघको तर्फबाट अध्यक्ष नवीन रोकामगर र महासचिव ज्ञानेन्द्र पुनमगरले समेत संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो । नेता बुढामगर नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । laphakhabarबाट साभार
![](https://myagdinews.com/wp-content/uploads/2020/07/barman-antesti-3.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/07/barman-antesti-2.jpg)