देविस्थानका पहिरो पीडितलाई कांग्रेस म्याग्दीको खाद्यान्न सहयोग ,वडा सदस्य पुनद्धारा घर सहित एक लाख १९ हजार बराबरको सामग्री समुदायलाई हस्तान्तरण

बेनी । नेपाली कांग्रेस ,म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका पहिरो पीडितलाई खाद्यान्न सामग्री वितरण गरेको छ । गत असार २५ रातीदेखी परेको अविरल बर्षा पछि गएको पहिरोबाट प्रभावित १३० परिवारलाई कांग्रेस म्याग्दीले खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्ला सभापती खम बहादुर खम्बीर गर्बुजाको टोलीले सो खाद्यान्न सामग्री लिएर देविस्थान पुगेको हो ।


देविस्थानमा चामल, दाल, नुन लगायतका २ लाख ४१ हजार ८ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको कांग्रेस म्याग्दीले जनाएको छ । रुन्माको ओखलढुङ्गगा गाउँका पीडितका लागि वडा सदस्य मिम पुनलाई सभापती गर्बुजाले खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभयो भने त्यस्तैगरी मगरदाङ, घरीथोक र जुग्जाका बाढी पहिरो पीडितका लागि वडा अध्यक्ष पिपला बुढा र वडा इकाई कार्यसमितीका कार्यबाहक सभापति भक घर्तिलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

पहिरोका कारण पीडामा रहेका पीडित परिवारलाई दैनिक उपभोग्य सामग्रीको कमी हुन नदिन आफुहरुले सहयोग गरेको सभापति गर्बुजाले बताउनुभयो । पहिरोबाट प्रभावित पीडित परिवारहरुले आफुहरुलाई राज्यले वेवास्ता गरेको गर्बुजा सामु गुनासो पोखेका थिए । सभापती गर्बुजाले पीडितहरुलाई आफुहरुले आवश्यकताका आधारमा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । भने राहत तथा व्यवस्थापनका लागि सरकारलाई दवाद दिने बताउनुभयो ।

नेपाली कांग्रेस ,म्याग्दीले हाल सम्म धवलागिरी, मालिका र रघुगंगाका बाढी पहिरो पिडितका लागि करिब दश लाख रुपैयाँ बढी बराबरको राहत वितरण गरिसकेको छ । भने पीडितको लागि राहत कोष समेत स्थापना गरेको छ । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर, नेपाली कांग्रेस, म्याग्दीका सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, महासमिति सदस्य चिरञ्जीवी शर्मा, महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, निर्वाचन क्षेत्र ‘ख’ का सभापती कमल छन्त्याल, प्रदेशसभा खका प्रत्यासी उम्मेद्धारा क्या.अमलाल फगामी ,उपसभापती मेक बहादुर पुन, सचिव हिरा पुन, सचिव श्रीराम पौडेल, सह–सचिव देविका बुढा पुन, तरुण दल म्याग्दीका उपसभापती विश्वास श्रेष्ठ, सचिव नगेन्द्र मल्ल र नेपाल विद्यार्थी संघ म्याग्दीका सभापती निर्मल खत्री लगायत टोलीको उपस्थिती रहेको थियो ।

पहिरोका कारण देविस्थानमा ११ घर विस्थापीत भएका छन् भने ११९ घर उच्च जोखिममा रहेको नेपाली कांग्रेस वडा इकाई कार्यसमितिका कार्यबाहक सभापति भक घर्ती मगरले जानकारी दिनुभयो । त्यसैगरी रुन्मामा पहिरोमा सामुदायीक भवन पुरिदा लाखौं रुपैयाँको क्षती भएको नवसिर्जना युवा क्लबका कोषाध्यक्ष कुलेन्द्र फगामीले बताउनुभयो ।

कोषाध्यक्ष फगामीका अनुसार सामुदायिक भवन परिँदा भवन भित्र रहेको आमा समूहले स्थापना गरेको बिभिन्न खालका उद्यमका सामग्री सहित समाज घर संचालन गर्ने भाडाकुडा फर्निचर,क्लका खेलकुदसामग्री ,गाउँघर क्लिनिकको दराज औषधी गरि करिव ४० लाख बरावरको क्षति भएको छ । त्यसैगरी वडा सदस्य मिम पुनले सामुदायीक भवनमा पहिरोले क्षती पु¥याएपछि समाज घर संचालनका लागि समुदायलाई आफ्नो घर दान गर्नुभएको छ । समाज घर निर्माण गर्न धेरै समय लाग्ने भएकाले आफु बस्दै आएको घर नै समुदायलाई हस्तान्तरण गरेको पुनले बताउनुभयो । गाउँमा हुने विभिन्न सामाजिक कामका लागि घर तत्काल आवश्यक देखिएकोले आफुले सहयोग गरेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार