कोरोना बढेसँगै काठमाडौं उपत्यकामा ‘सर्ट डाउन’को तयारी

काठमाडौं । काठमाडौं उपत्यकालाई सर्ट डाउन गर्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न लागेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेको छ ।

सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गर्न लागेको दाहालले बताए ।

उपत्यकाभित्र रहेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसहितको बैंठक बसेर यो निर्णय गर्नको तयारी भएको प्रजिअ दाहालले बताए ।

सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेक अरु सेवा तत्कालको लागि रोक्ने र आंशिक रुपमा कार्यालयहरु खोल्ने तयारी गरेको दाहालले जानकारी दिए ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका इञ्चार्जहरुको संयुक्त बैठक आज बिहान ११ बजे बस्दैछ ।दैनिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार