थप २१ जनामा कोरोना संक्रमण पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या १६८१ पुग्यो

पोखरा। गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नयाँ थपिएका संक्रमित तनहुँ र स्याङ्जाका रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँको भानु नगरपालिकाका १४ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजारका १ पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६८१ पुगेको छ । थपिएका संक्रमितलाई सम्बन्धीत जिल्लाको आइसोलेशनमा लैजाने तयारी भईरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार