देशभर थपिए ५९४ जना कोरोना संक्रमित,मृतकको संख्या ९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।

पछिल्लो २४ घण्टामा जम्मा २ सय ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १७ हजार ७७ जना संक्रसिमत उपचार पछि निको भएर घर फर्किएका छन् ।नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार