नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो, २४ घन्टामा कोरोनाबाट थप ८ को मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने महिलामा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया रहेका छन् ।

त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५९ वर्षीय रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार