त्रिवि शिक्षण अस्पताल काठमाडौंमा कोरोनाबाट उदयपुरका एक पुरुषको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको उपचारका क्रममा ९ गते मृत्यु भएको थियो । आज आएको स्वाब रिपोर्टमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उदयपुरका ती पुरुषलाई गएको ९ गते नै शिक्षण अस्पताल ल्याइएको थियो । अस्पताल भर्ना भएसँगै उनको मृत्यु भएको थियो । मृतकको स्वाब निकालेर परीक्षण गरिएको र आज आएको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई निमोनियाको समस्या रहेको परिवारका सदस्यले बताएका छन् ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार