स्याङ्जामा एम्बुलेन्स सडकबाट खस्दा २ जनाको मृत्यु ,दुई गम्भीर घाइते

स्याङ्जा । एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट–१० का २५ वर्षीय श्याम पंगेनी रहेको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको उनले बताए ।

यसै गरी दुर्घटनामा चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र चालक सोही स्थानका ३१ वर्षीया सुरेन्द्र भण्डारी गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार २८ वर्षीया पोखरेल डेलिभरीको लागि काठमाडौंबाट घर आउँदै थिइन् । दुर्घटनाको कारण खुलिनसकेको डीएसपी अधिकारीले बताए । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार