कोरोनाबाट आमा–छोराको एकै दिन मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आमाछोराको एकैदिन मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७, का आमा-छोराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७४ वर्षीया महिलाको बिहान ८स्३० बजे र उनका ६० वर्षीय छोराको ७;४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।दुवैजना अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार