नेपालमा थप १२२१ जनामा कोरोना पुष्टि,मृतकको संख्या २२१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ३८,५६१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । त्यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसंगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार