नेपाल प्रहरीका साढे १६ सय जनामा कोरोना संक्रमण

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर १ मा २ सय जना, प्रदेश नम्बर २ मा १ सय १९, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा ६०, प्रदेश नम्बर ५ मा ५३, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना रहेका छन् ।

सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार