चितवनमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए ।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारामा खसेको इन्सपेक्टर भट्टले बताए ।

त्यस्तै एम्बुलेन्स दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । विरामीसहितको एम्बुलेन्स दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ ।

घाइते हुनेहरुमा एम्बुलेन्स चालक २८ वर्षीय सरोज दाहाल, क्यान्सर बिरामी बरहथवा नगरपालिका–२ सर्लाहीका ५० वर्षीया दिल मायाँ राना मगर, ३४ वर्षीय नरबहादुर मगर र २६ वर्षीय मेक कुमारी राना मगर छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार