गण्डकी प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आईतबार उहाँमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँको स्वाब संकलन भदौ १४ गते गरिएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर उहाँ आफैले स्वाब परिक्षणको लागि दिनुभएको थियो ।

कोरोना पोजेटिभ देखिएपछी उहाँ होम आइसोलेसनमा बस्ने कि अस्पतल जाने भन्ने बारेमा छलफल भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्ने र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकोले त्यही अनुसार काम अगाडी बढाउने उहाँले बताउनुभयो । Himdoot National Daily

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार