कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौँ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालय र प्रहरी अस्पतालमा गरी ८४ जना संक्रमित भएको प्रहरी प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार त्यसैगरी उपत्यकामा ट्राफिक प्रहरीसहित ४७२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट सातैवटै प्रदेशका कार्यरत प्रहरी कर्मचारीहरु पनि संक्रमित भएका छन् । सबैभन्दा बढी प्रदेश १ मा १९८ जना प्रहरी संक्रमित भएका छन् ।

त्यस्तै प्रदेश २ मा ११५, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ८७, ५ नम्बर प्रदेशमा ७८, कर्णाली प्रदेशमा ३७ र सूदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन् ।

हालसम्म नेपालमा ४१ हजार ६४९ जना संक्रमित भएका छन् भने २३ हजार २९० निको भएका छन् । यस्तै २५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार