नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाए

काठमाडौं । नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाएका छन् । कोरोना महामारिका कारण संसारभर बेरोजगारी बढीरहेको छ। विकसित तथा ठूला अर्थतन्त्रमा यस्तो बेरोजगारी संख्या करोडमा आइरहेको छ।

५७ लाख मजदुर अनौपचारिक क्षेत्रका कार्यरत छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार निर्माण, उत्पादन तथा व्यापारजस्ता कोभिडबाट अत्यन्तै प्रभावित क्षेत्रमा ३७ लाख मजदुर संलग्न छन् । यिनी क्षेत्रमा काम गरेर ती मजदुरले आफ्नो जीवन निर्वाह गरिरहेका छन् ।

लकडाउनका कारण तीमध्ये १५ देखि २० लाखले रोजगारी गुमाएको वा आंशिक रूपमा आम्दानी गुमाएको आइएलओले जनाएको छ । त्यसमध्ये १३ लाख पुरुष तथा ६ लाख ३१ हजार महिलाको रोजगारी संकटमा परेको छ ।

थोक तथा खुद्रा व्यापारका सात लाख ८० हजार, उत्पादन क्षेत्रका चार लाख ४६ हजार, निर्माण क्षेत्रका चार लाख चार हजार, यातायातका दुई लाख ११ हजार, होटेलका ६२ हजार तथा अन्य क्षेत्रका ८३ हजार मजदुरको रोजगारी संकटमा परेको आइएलओको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार