साझा पार्टीको प्रश्न-खान नपाएर नागरिकको बिचल्ली, सरकार कहाँ छ ?

काठमाडौं । साझा पार्टीले दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको बताएको छ । निम्न वर्गीय नागरिकहरूमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था देखिएको लामो समय भए पनि सरकारले राहत सहयोग नगरेको साझाको भनाइ छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति निकालेर नियमित आयस्रोत बन्द भएका दैनिक ज्यालादारी गरेर छाक टार्नेहरू खान नपाएर मर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका हुन्।

‘दैनिक ज्यालादारी गरेर साँझ बिहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्न मध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो। परिणामास्वरूप, कयौं नागरिक खान नपाएर मर्दैछन्, बिरामीहरू अस्पताल नपाएर मर्दैछन्। कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदैछ,’ उनले भनेका छन् । यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त रहको आरोप साझाको छ।

‘विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलत:व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो ?‘अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन” भन्ने प्रधानमन्त्री कसका लागि हुन्रु,’ साझाको प्रश्न छ, ‘स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएकारु पाएका भए देशभरि कारूणीक दृष्यहरू किन देखिइरहेका छन्रु’

साझा पार्टीले सम्भव भएका सबै सरकारी संयन्त्र परिचालन गरेर देशभरि देखिइरहेका कारूणीक अवस्थालाई तुरून्त सम्बोधन गर्न सरकारसँग माग गरेको हो । साथै, यो कष्टकर घडीमा अनेक समस्या सहेर भोक र रोग पीडितहरूको सहयोगार्थ काम गरिरहेका सम्पूर्ण मनकारी व्यक्ति तथा संस्थाहरूप्रति साझाले आभार व्यक्त गरेको जनाएको छ । ती व्यक्ति र संस्थाहरूलाई हर प्रकारका सम्भाव्य सहयोग गर्न हामी पार्टीका सदस्य, शुभेच्छुक लगायत सबैलाई हार्दिक अपील गर्दछौँ,’ पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ। सेटोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार