चौधरी ग्रुपका ४२ मजदुरमा कोरोना संक्रमण देखिएपछि चाउचाउ उद्योग सिल ,नगरपालिकामा निषेधाज्ञा

बर्दिया । बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

केही दिनअघि यसै कारखानामा काम गर्ने एकजनामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा आइतबार उनीहरुमा पोजिटिभ देखिएको हो । ठूलो संख्यामा मजदुरमा संक्रमण देखिएपछि चाउचाउ उद्योग सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । जिल्लामा एकैपटक धेरै संख्यामा कोरोना पोजेटिभ देखिएको यो पहिलो हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले बासगढी नगरपालिकामा सोमबार बिहान ६ बजेदेखि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । यस अवधिमा औषधि उपचार, खाद्यवस्तु खरिद काममा बाहेक कुनै पनि मानिस घरबाट निस्कन नपाउने आदेश जारी गरिएको छ । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार