ताप्लेजुङमा पहिरोले विद्युत्‌गृह बगाउँदा दुई जनाको मृत्यु

ताप्लेजुङ ।अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघु जलविद्युत् आयोजनाको ‘पावर हाउस’ बगाउँदा अपरेटरसहित दुई जनाको मृत्यु भएको छ ।

पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु थके लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको पहिरोमा परी ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरुको शव भेटिएको र पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङ ल्याउने पहल भइरहेको श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष टिका गुरुङका अनुसार विष्णुदासलाई राजुले सुत्नका लागि बेलुका साथी लगेका थिए । दुवै जनाको शव विद्युत्गृहभन्दा तल भेटिएको गुरुङले बताए । खोलामा आएको बाढीले माथिबाट पहिरो झार्दा २० किलोवाट क्षमताको विद्युत्गृह बगेको गुरुङले जानकारी दिए । यो आयोजना गाउँपालिकाको केन्द्र तेल्लोकमा पर्छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार