आजदेखि खुल्यो मालपोत कार्यालय, आइतबारबाट सेवा दिइने

काठमाडौं । आजदेखि मालपोत कार्यालयले सेवा दिने भएका छन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो । साउन २८ गतेबाट सेवा बन्द गरेको मालपोत कार्यलयले आजबाट सेवा शुरु गरेको छ ।

यद्यपि, साउन २८ गते यता पनि मालपोत आन्तरिक रुपमा प्रशासन सञ्चालनका लागि खुला भएको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायाण पौडेलले जानकारी दिए । आज र भोलि अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आईतबारबाट सम्पूर्ण सेवा दिइने पौडेलले भने ।

उपत्यकामा साउनको २८ देखि भिडभाड भएको भनेर सेवा प्रवाह बन्द भएको थियो । काठमाडौ बाहिरको मालपोत कार्यालय त्यहाँको स्थानीय प्रशासनको निर्णय अनुसार चल्नेछन् । उपत्यकाको हकमा पनि स्थानीय तह अथवा वडाहरुमा आलोपालो गरेर कुन स्थानीय तहमा कुनबार खुल्छ भनेर तालिका प्रकाशित हुनेछ । तालिका साउन २८ गतेभन्दा अगाडीका अनुसार हुने पौडेलले भने । सम्बन्धित मालपोत कार्यालयले सम्बन्धित स्थानीय तहलाई सो तालिकाको जानकारी पठाउनेछ । उपत्यकामा ८ वटा मालपोत कार्यालय छन् ।

आइतबारदेखि १० देखि ५ बजेसम्म कार्यालय खुला रहनेछ । यदि भिडभाड छ भने ५ बजेभन्दा बढी समय पनि कार्यालय खुलाउने महानिर्देशक पौडेल बताउँछन् । तर कुन बार के सेवा दिने भन्ने चाहि निर्धारण हुनेछ । सबै सेवा एकैपटक पाइनेछैन । साथै, आइतबारबाट स्थानीय तथा वडामा विभाजन गरेर आलोपालो प्रणालीमा कारोबार खुल्ला गर्ने निर्णय भएको पनि उनले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार