नेपालमा कोरोना अपडेट : १,२४६ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार २ सय ४६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको जानकारी दिनुभयो ।संक्रमितमध्ये ३५ हजार ७ सय जना उपचारपछि घर फर्किएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगैै मृतकको कुल संख्या ३१७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार